रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
आइतबार, मंसिर २३, २०८१

एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो
आइतबार, मंसिर २३, २०८१
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

नुवाकोटमा दुई छोरासहित आमा झुण्डिएको अवस्थामा मृत फेला
आइतबार, मंसिर २३, २०८१
आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने
शनिबार, मंसिर २२, २०८१
विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको हो ।

दमकको १८ तले भवन संघीय सरकारले नै चलाउने
शनिबार, मंसिर २२, २०८१
दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल
शनिबार, मंसिर २२, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे ।

धनगढीका मेयर हमाललाई मष्तिष्कमा समस्या, थप उपचारका लागि दिल्ली लगियो
शनिबार, मंसिर २२, २०८१
स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।
![पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया सुरु, क-कसले दिए उम्मेदवारी ? [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/fnj-1718988958.jpg)
पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया सुरु, क-कसले दिए उम्मेदवारी ? [सूचीसहित]
शुक्रबार, मंसिर २१, २०८१
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो ।

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस, अस्पतालमा मृत्यु
शुक्रबार, मंसिर २१, २०८१
कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

अण्डाको मूल्य बढ्यो
शुक्रबार, मंसिर २१, २०८१
पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए । उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो ।

हमासको नियन्त्रणमा रहेका विपीन जोशी जीवितै रहेको इजरायली राजदूतको दाबी
बिहीबार, मंसिर २०, २०८१
प्यालेस्टिनी समूह हमासले २०२३ को अक्टोबरदेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायली राजदूतले दाबी गरेका छन् । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको बताएका हुन् ।

हरिहर मन्दिरलाई धामको रुपमा विकास गर्न मंसिर २४ देखि श्रीमद्भागवत महायज्ञ
बिहीबार, मंसिर २०, २०८१
रत्ननगरको निपनीस्थित गायत्री हरिहर मन्दिरमा मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्याचन ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मुल समारोह समितिले आज पत्रकार सम्मेलन गरी महायज्ञको उद्धेश्य र लक्ष्यबारे जानकारी गराएको हो ।

चीनबाट फर्केपछि ओलीले भने-अबको १८ महिना मै सरकार चलाउँछु, त्यसपछि देउवाको पालो
बिहीबार, मंसिर २०, २०८१
चीनको चार दिने भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताएका हुन् ।