चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
सोमबार, पुस १, २०८१

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु
सोमबार, पुस १, २०८१
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्यारापिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्यारापिट निर्माण थालिने छ ।

पत्रकार महासङ्घमा पहिलोपटक महिला नेतृत्व
आइतबार, मंसिर ३०, २०८१
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो ।

रविसहित ५ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी
आइतबार, मंसिर ३०, २०८१
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
आइतबार, मंसिर ३०, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।

जनकपुरमाथि विजयी हुँदा प्लेअफमा चितवनको दाबेदारी, पोखरा र विराटनगर बाहिरिए
शनिबार, मंसिर २९, २०८१
समूह चरणका सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।

पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली
शनिबार, मंसिर २९, २०८१
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।

उमागौरी कृषि सहकारी ठगी : लेखा समिति सभापति पोखरेलकी श्रीमतीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता
शुक्रबार, मंसिर २८, २०८१
संघीय संसद्को सार्वजनिक लेखा सभापतिका ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २२ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
शुक्रबार, मंसिर २८, २०८१
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
शुक्रबार, मंसिर २८, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।

तेस्रो रत्नप्रिय कप महिला फुटबल : पद्मा स्पाेर्ट्स क्लब फाईनलमा
बिहीबार, मंसिर २७, २०८१
रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत बिहीवार भएको खेलमा पद्मा स्पाेर्ट्स क्लब (ओखलढुङ्गा) विजयी हुँदै फाईनलमा प्रवेश गरेकाेछ । निजगढ फुटबल क्लब (बारा) लाई ३-० गोल अन्तरले पराजित गर्दै पद्मा विजयी भएको हो ।

सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट
बिहीबार, मंसिर २७, २०८१
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।