वर्षाले नारायणगढ-बुटवल सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१

कुवेतमाथि नेपालको शानदार जित
बिहीबार, चैत २८, २०८१
नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो
बिहीबार, चैत २८, २०८१
नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।

भरतपुरमा 'मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा, मेयर दाहालले उद्घाटन गर्ने
बुधबार, चैत २७, २०८१
चितवनको नारायणगढ क्याम्पाचौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को आयोजना गर्न लागेको हो ।

टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित
बुधबार, चैत २७, २०८१
हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।

दुर्गा प्रसाईंले भने- मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु
बुधबार, चैत २७, २०८१
त १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै आफू आउने बताएका छन् ।

अछामको जयगढ बजारमा भीषण आगलागी, ८ घर जले
मंगलबार, चैत २६, २०८१
अछामको जयगढ बजारमा आज साँझ भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारस्थित एक पसलमा ग्यास सिलिण्डरबाट आगो सल्किँदा भीषण रुप लिएको बताइएको छ ।

तिनकुने घटना : रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप
मंगलबार, चैत २६, २०८१
चैत १५ गतेको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो
मंगलबार, चैत २६, २०८१
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई फेरि वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।

माग पूरा नभएसम्म पछि नहट्ने शिक्षकहरुको अडान कायमै, शैक्षिक क्यालेण्डर प्रभावित
सोमबार, चैत २५, २०८१
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको शैक्षिक हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् ।

बार निर्वाचनमा लोकतान्त्रिक-प्रगतिशील समूहका विजयप्रसाद मिश्रको अग्रता
सोमबार, चैत २५, २०८१
नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणनामा बृहत्-लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अगाडि देखिएका छन् ।

भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा एक्लै राखियो रविलाई
सोमबार, चैत २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् ।

भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल, उत्तरपुस्तिका परीक्षण नगर्न शिक्षक संगठनहरुको आह्वान
आइतबार, चैत २४, २०८१
शिक्षक महासंघमा आबद्ध विभिन्न १५ वटा शिक्षक संगठनले संयु्क्त अपिल जारी गर्दै देशभरका विद्यालय बन्द गरी अनिवार्य रुपमा काठमाडौं आउन शिक्षक कर्मचारीलाई आह्वान गरेका छन् । यसका साथै आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनलगायतका कार्य नगर्न पनि संगठनहरुले आह्वान गरेका छन् ।