कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार
शनिबार, माघ ५, २०८१

खो खो विश्वकपको फाइनलमा नेपाल
शनिबार, माघ ५, २०८१
आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्यो भने पुरुषतर्फ नेपालले इरानलाई ५२ अंकले पराजित गरेको हो ।

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिबार, माघ ५, २०८१
काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।

नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
शुक्रबार, माघ ४, २०८१
१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही
शुक्रबार, माघ ४, २०८१
राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
शुक्रबार, माघ ४, २०८१
काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उनीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज पक्राउ गरेको हो ।

रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र
बिहीबार, माघ ३, २०८१
शिक्षक विज्ञापन गर्दा जे जसरी विज्ञापन माग भएको भए पनि चितवन जिल्लालाई नै एक क्षेत्र मानि जिल्लाभित्रका रिक्त दरबन्दीमा प्रतिक्षारत स्थायी शिक्षक नियुक्ति गर्नु पर्ने र स्थायी शिक्षक नियुक्ति गर्दा सकेसम्म कुनै पनि शिक्षक विस्थापति छन् यदि विस्थापित गर्ने पर्ने अवस्थाा सिर्जना जिल्लाभित्र कार्यरत कनिष्ठ शिक्षहरुमध्येबाट विस्थापन गर्ने नीति अवलम्बन...

पुलिसले जित्यो जय ट्रफीको उपाधि
बिहीबार, माघ ३, २०८१
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर
बिहीबार, माघ ३, २०८१
खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !
बिहीबार, माघ ३, २०८१
मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
बुधबार, माघ २, २०८१
बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री
मंगलबार, माघ १, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेकी छन् । यसै क्रममा उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख...