Mero Chitwan
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।
अपडेट : राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो
अपडेट : राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो राप्ती नदीमा डुबेर बेपत्ता भएका दुई मध्ये एकजनाको शब भेटिएको छ ।  शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आइतबार भेटिएको हो । 
 अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी
 अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, 'नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।'
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए  ।
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित]
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित] दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।
उदयपुरमा आमा-छोरा हत्या घटना : प्रहरीले थाल्यो अनुसन्धान 
उदयपुरमा आमा-छोरा हत्या घटना : प्रहरीले थाल्यो अनुसन्धान  उदयपुरको कटारी नगरपालिका–१० स्थित  सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ ।  घटना  भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा  जोहरी दरखास्त दर्ता भएको छैन ।
यसरी मनाए कलाकारले तीज
यसरी मनाए कलाकारले तीज शनिबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी उनी सदाझैं यो वर्षको तीजमा पनि फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन् । 
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् । 
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु धनुषामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा हिजो साँझ तीन बालकको डुबेर मृत्यु भएको हो ।
श्रीमानसँग रिस उठेपछि दुई नाबालक छोरीलाई विष खुवाएर हत्या
श्रीमानसँग रिस उठेपछि दुई नाबालक छोरीलाई विष खुवाएर हत्या जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
विष्णुमतीले खतराको तह पार गर्‍यो, राति पनि ठाउँठाउँमा वर्षा
विष्णुमतीले खतराको तह पार गर्‍यो, राति पनि ठाउँठाउँमा वर्षा काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ ।
Weather Update