Mero Chitwan
दुध किसानको भुक्तानीका लागि ६० करोड निकासा
दुध किसानको भुक्तानीका लागि ६० करोड निकासा सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले शुक्रबार उखु किसानका लागि रु एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि रु ६० करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । 
बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । 
देशका अधिकांश स्थानमा वर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा वर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा...
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । 
चितवनको बिपी क्यान्सर अस्पताललाई ७ सय शय्याको बनाइने
चितवनको बिपी क्यान्सर अस्पताललाई ७ सय शय्याको बनाइने  अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताए । बीस प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उनले जानकारी दिनुभयो । भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको...
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 
वैदेशिक रोजगारीबाट फर्केकै दिन गोली हानेर श्रीमतीको हत्या, बुबा घाइते
वैदेशिक रोजगारीबाट फर्केकै दिन गोली हानेर श्रीमतीको हत्या, बुबा घाइते बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे
चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएकका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।
बिहीबारदेखि चार दिनसम्म वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा
बिहीबारदेखि चार दिनसम्म वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ । 
भुटानलाई हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा
भुटानलाई हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा  भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । साहारा चितवनमा ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना भएको बचतकर्ताहरुको दाबी छ। सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय...
Weather Update