जनतासँग माओवादी अभियानका लागि माओवादी अध्यक्ष दाहाल फागुन २७ गते चितवन आउने
शनिबार, फागुन १७, २०८१

चन्द्रपुरका १० अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
शनिबार, फागुन १७, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल दर्ता नभएका र नियमविपरीत चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिएका छन् ।

सर्लाहीमा सुरुङ खनेर एकैरात पाँच घरमा चोरी
शनिबार, फागुन १७, २०८१
चोरको समूहले शुक्रबार राति सक्रौल टोलका भुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।

ट्रम्प र जेलेन्स्कीबीच व्हाइट हाउसमा भनाभन
शनिबार, फागुन १७, २०८१
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता तनावपूर्ण भएको छ । दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टन पुग्नुभएको थियो ।

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
शुक्रबार, फागुन १६, २०८१
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
-1740763771.jpeg)
आगामी संसद बैठकमा ६ वटै अध्यादेश पेश गर्ने सत्तारुढ दलको निर्णय
शुक्रबार, फागुन १६, २०८१
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आगामी संसद् बैठकमा भूमि सहित ६ वटा अध्यादेश पेस गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम र कर्णालीका केही पहाडी जिल्लामा हलुका वर्षा
शुक्रबार, फागुन १६, २०८१
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौंको सुकेधारामा फोहोरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
बिहीबार, फागुन १५, २०८१
काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालयभित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ ।

दसौं राष्ट्रिय खेलकुद फेरि सर्यो, नयाँ मिति जेठ ३ देखि १०
बिहीबार, फागुन १५, २०८१
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै कुलमानले भने - मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन
बिहीबार, फागुन १५, २०८१
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज स्पष्टीकरण बुझाउँदै कार्यकारी निर्देशक घिसिङले आफूलाई पुनः स्पष्टीकरण सोध्नु कानुन र न्यायको सिद्धान्त प्रतिकूल रहेको जिकिर गर्नुभएको हो ।

रारा किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट
बिहीबार, फागुन १५, २०८१
मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ ।

बर्सेनि ३ हजार डढेलो, सबैभन्दा बढी चुरे क्षेत्र प्रभावित
बिहीबार, फागुन १५, २०८१
डढेलोका अन्तरनिहित कारणमा वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत रहेका छन्।