Mero Chitwan
छठमा झकिझकाउ काठमाडौं उपत्यकाका नदी तथा पोखरी
छठमा झकिझकाउ काठमाडौं उपत्यकाका नदी तथा पोखरी काठमाडौँ महानगरपालिकाले कमलपोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अर्ध्य दिन घाटलाई व्यवस्थित गरेको छ । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ । 
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।  
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएकोहो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण ढुंगानाको संयुक्त इजलासले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री दिपक मनाङेलाई दोषी ठहर गरेको हो । पाटन उच्च अदालतले मनाङेलाई ज्यान मार्ने मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको थियो । त्यसकाविरुद्ध सर्वोच्च अदालत पुगेका सांसद मनाङेविरुद्ध उच्च अदालतको फैसला मिलेको भन्दै...
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान गरेकोमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पले ३-३ मत पाएका थिए ।
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा  निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए ।  मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
छठ पर्व आजदेखि विधिपूर्वक सुरु मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।   
रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने
रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा  उपस्थित गराउन लागेको हो । 
देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३७ घाइते
देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३७ घाइते वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।  
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन'
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन' पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ।
Weather Update