Mero Chitwan
लुम्बिनी प्रदेश सरकारले जारी गर्‍यो कर्मचारीलाई १४ बुँदे निर्देशन 
लुम्बिनी प्रदेश सरकारले जारी गर्‍यो कर्मचारीलाई १४ बुँदे निर्देशन  मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।
प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना, सात जना घाइते
नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना, सात जना घाइते नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नंको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ । 
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा भरतपुरमा हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला एथलेटिक्स फिजिक्स २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री ७ वटा सुकुमबासी समुदायका ३५ जनाको सहभागिता रहेको तालिममा मिनरल वाटरको बोत्तलमा फोहोर कोचेर मुडा बनाउन, कोक, फेन्टाको बोत्तलबाट धागो निकालेर डोरी, रेशनदार बोराको धागोबाट माला, प्लाष्टिकको बोत्तलबाट फुल, कप तथा सजावटका सामग्री बनाउन सिकाइएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर लामाले जानकारी दिए ।
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् । 
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । 
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले अहिले भैरहेको फार्मेसीमा बिरामीको चाप देखिएकाले चालु आर्थिक वर्षमा दुईवटा फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको जानकारी दिए । यस्तै डेन्टलको क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा चलाउने काम अगाडि बढेको पनि अध्यक्ष न्यौपानेको भनाइ छ...
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । 
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले स्पष्ट गरेको छ ।
Weather Update