अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
मंगलबार, कात्तिक २०, २०८१

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
मंगलबार, कात्तिक २०, २०८१
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मंगलबार, कात्तिक २०, २०८१
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने
सोमबार, कात्तिक १९, २०८१
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।

देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३७ घाइते
सोमबार, कात्तिक १९, २०८१
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन'
सोमबार, कात्तिक १९, २०८१
पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल
सोमबार, कात्तिक १९, २०८१
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ।

भाइटीकाको अघिल्लो दिन अरिंगालले टोकेर दिदी-भाइको मृत्यु
आइतबार, कात्तिक १८, २०८१
अरिंगालको टोकाइकै कारण ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु
आइतबार, कात्तिक १८, २०८१
थाई एयर एसियाको एयर बस ३२० बाट आज बिहान सात बजे पहिलो उडान गरेको हो । चालक दलका सात सदस्य पाइलट, को-पाइलट, ईञ्जिनियर र चार जना एयर होस्टेससहित आएको विमान आधा घण्टापछि बैंकक फर्किएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपालमा तीन प्रणालीको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आइतबार, कात्तिक १८, २०८१
मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतय बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
-1730525474.jpeg)
आईसीसी विश्वकप लिग टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित
आइतबार, कात्तिक १८, २०८१
यस त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालको यो दोस्रो हार हो । यस जितले अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । १ दशमलव ४ ओभर बलिङ गरेका करण केशीले चोटका कारण थप बलिङ गर्न नसक्नु नेपालको हारको कारण बन्यो । अनिल साहको अर्धशतकका बाबजुद नेपालले लक्ष्य पूरा गर्न सकेन ।

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
आइतबार, कात्तिक १८, २०८१
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ ।