रुसी सेनामा भर्ती भएका थप एक युवाको मृत्यु
शुक्रबार, चैत २, २०८०
सिन्धुलीको टेलिकम टावरमा बम विस्फोट
शुक्रबार, चैत २, २०८०
सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, चैत २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
शुक्रबार, चैत २, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो
महिलाको शव झोलामा फेला परेपछि...
शुक्रबार, चैत २, २०८०
परिवारका सदस्यहरू महिलाका बारेमा चिन्तित भए पनि अपार्टमेन्टमा पहुँच कायम गर्न सकेका थिएनन् । तर प्रहरी अधिकारीहरु घटनास्थलमा आउनु अघि अपार्टमेन्ट भवनका सुपरिटेन्डेन्टले परिवारलाई भित्र जान दिएका थिए । जहाँ उनीहरूले महिलाको शव झोलामा भेट्टाएका थिए ।
आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण
शुक्रबार, चैत २, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण सुरु गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।
अपराध नियन्त्रण गर्न निर्देशन कुरिरहनु पर्दैन : गृहमन्त्री
शुक्रबार, चैत २, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट, सुनुवाइ चैत ४ मा
बिहीबार, चैत १, २०८०
अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गरेकी हुन् ।
रामेछापको टार गाउँमा भिषण आगलागी, २० भन्दा बढी घर-गोठमा क्षति
बिहीबार, चैत १, २०८०
रामेछापको रामेछाप नगरपालिका ९, टार गाउँमा आज भएको भिषण आगलागीबाट २० भन्दा बढी घर-गोठ जलेर नष्ट भएका छन् । बस्ती नजिकैको जंगलमा बुधबार लागेको डढेलो नियन्त्रणमा लिए पनि पुन: सल्किएर आज गाउँमा आगलागी भएको हो ।
बागलुङको बरेङमा लागेको नियन्त्रणमा आएन, विद्यालय र बस्ती जोखिममा
बिहीबार, चैत १, २०८०
बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको वन क्षेत्रमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् ।
रुसमा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि
बिहीबार, चैत १, २०८०
मन्त्रालयका अनुसार हालसम्ममा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सन्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।
उदयपुर जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, सबैको सनाखत
बिहीबार, चैत १, २०८०
धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।