नेपालीलाई यी ४० देशमा चाहिँदैन भिसा [सूचीसहित]
बिहीबार, पुस २६, २०८०

न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि
बुधबार, पुस २५, २०८०
हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची छन्।

भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
मंगलबार, पुस २४, २०८०
भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ ।

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्दै
सोमबार, पुस २३, २०८०
विपक्षी दलले बहिस्कार गरेको बंगलादेशको विवादस्पद मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ

डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न मतदाताहरूलाई बाइडेनको आग्रह
शनिबार, पुस २१, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न आग्रह गरेका छन्। ट्रम्प देशका लागि गम्भीर जोखिम हुन सक्ने उनको भनाइ छ।

किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
शुक्रबार, पुस २०, २०८०
उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको हो ।
इरानमा दुई शक्तिशाली बिस्फोट, १०३ जनाको मृत्यु
बुधबार, पुस १८, २०८०
अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त घटना भएको थियो ।

कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?
बुधबार, पुस १८, २०८०
एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो । तर, अहिले अवस्था यस्तो छ कि यो कम्पनी शेयर बजारमा समेत रहन लायक भएन । हालै तोसिबालाई शेयरबजारको सूचीबाटै...

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
जापान एयरलाइन्सको विमान धावनमार्गमा तटरक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर]
सोमबार, पुस १६, २०८०
सन् २०२४ को नयाँ वर्षको रौनक विश्वभर सुरु भएको छ । विश्वभर सबैभन्दा पहिले किरिबाटीले नयाँ वर्ष मनाएको थियो भने त्यसपछि न्युजिल्याण्ड, रुस र अस्ट्रेलियामा मनाइएको थियो । सबैभन्दा पछि अमेरिकाको होल्याण्ड टापुमा मनाइने गरिन्छ। हेरौं विश्वमा कसरी स्वागत गरियो नयाँवर्षलाई ?

२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष
आइतबार, पुस १५, २०८०
जुन युद्ध ३ महिनादेखि जारी छ। जसमा २२ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा ९ हजार त अवोध बालबालिका छन् । पूरै गाजा खण्डहर भएको छ, खाना, पानी, बिजुली, औषधि अभाव भयावह छ । लाखौं प्यालेस्टिनी विस्थापित भएका छन् । कतै सुरक्षित स्थान छैन भने अस्पतालहरु चिहानघरमा परिणत भएका छन्...

त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो
आइतबार, पुस १५, २०८०
सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’