दक्षिण कोरियामा सैनिक कानुन लागू
मंगलबार, मंसिर १८, २०८१
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
मंगलबार, मंसिर ४, २०८१
रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य बेसमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण भएको बताइएको छ ।
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा भने-वेलकम ब्याक !
बिहीबार, कात्तिक २९, २०८१
अमेरिकाका भावी राष्ट्रपति डनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी ट्रम्प र बाइडनबीच सत्ता हस्तान्तरणका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।
यी हुन् डोनाल्ड ट्रम्पको जितका प्रमुख कारण
बुधबार, कात्तिक २१, २०८१
अमेरिकी प्रजातन्त्रको झण्डै २३० वर्षको इतिहासमा यसअघि एक अमेरिकी राष्ट्रपतिले हारेर फेरि चुनाव जितेका छन् । त्यो पनि १३१ वर्षअघि । सन् १८८५ देखि १८८९ सम्म अमेरिकाको राष्ट्रपति रहेपछि डेमोक्रेटिक पार्टीका ग्रोभर क्लिभल्याण्ड रिपब्लिकन पार्टीका बेन्जामिन ह्यारिसनसँग चुनाव हारे । चार वर्षपछि उनले फेरि ह्यारिसनविरुद्ध चुनाव लडे र ठूलो अन्तरले...
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
मंगलबार, कात्तिक २०, २०८१
न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान गरेकोमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पले ३-३ मत पाएका थिए ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
मंगलबार, कात्तिक २०, २०८१
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन'
सोमबार, कात्तिक १९, २०८१
पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण
शनिबार, कात्तिक ३, २०८१
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै
मंगलबार, असोज १, २०८१
केजरीवालको राजीनामासँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले उपराज्यपालसमक्ष आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेकी छन् । यसअघि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आतिशीलाई चयन गरेको थियो। नयाँ मुख्यमन्त्रीले राज्यपालले तोकेको समयमा शपथ ग्रहण गर्ने र त्यसपछि नयाँ मन्त्रिपरिषद् गठन गर्ने आपले जनाएको छ ।
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध
बिहीबार, भदौ १३, २०८१
नयाँ कानुनअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।
कहाँ गायब भयो मंगल ग्रहको महासागर ?
बिहीबार, साउन ३१, २०८१
अब वैज्ञानिकहरूले मंगल ग्रहको सतहमुनि भएको रहस्य पत्ता लगाएका छन् । यहाँ जमिनमुनि तरल पानीको ठूलो जलाशय रहेको बलियो सङ्केतहरू फेला परेका छन्। वैज्ञानिकहरुका अनुसार मंगल ग्रहमा भूमिगत पानीको भण्डार यति विशाल हुनसक्छ कि मंगल ग्रहको सतहमा रहेको खाली समुद्र पनि भरिन सक्छन्।
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
शनिबार, साउन २६, २०८१
ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।