बस र टिपर एक आपसमा ठोक्किँदा २१ जना घाइते
मंगलबार, असार ४, २०८१
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
मंगलबार, असार ४, २०८१
बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।
कुकुरलाई क्रुरतापूर्वक हत्या गरी पुर्ने ३ जना पक्राउ
सोमबार, असार ३, २०८१
कुकुरलाई क्रुरतापूर्वक हत्या गरी खाल्डोमा पुरेको भिडियो विभिन्न सामाजिक संजालहरुमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा उक्त घटना जेठ ३२ गते इलाम देउमाई ४ सरदार गाँउमा भएको खुलेको थियो
पेट्रोलियम ट्यांकर चालक संघ र आयल निगमबीच ४ बुँदे सहमति
सोमबार, असार ३, २०८१
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलन फिर्ता लिन संघ र नेपाल आयल निगमबीच ४ बुँदे सहमति भएको छ । सोमबार नेपाल आयल निगमसँग भएको सहमतिपछि संघले आन्दोलन फिर्ता लिने भएको हो
रोकिराखेको यात्रुबाहक रेलमा मालबाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु, ४१ घाइते
सोमबार, असार ३, २०८१
पश्चिम बंगालको जलपाइगुडीमा आज बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ
६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ
सोमबार, असार ३, २०८१
सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो
‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
सोमबार, असार ३, २०८१
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो
देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री दाहाल
सोमबार, असार ३, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो
टी-२० विश्वकप : अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
आज बकर इद मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने...
पहिरोले मुग्लिन-मलेखु खण्ड अवरुद्ध
सोमबार, असार ३, २०८१
पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
भरतपुर महानगरले एक वर्षमा दियो ४५२४ जनालाई निःशुल्क तालिम
आइतबार, असार २, २०८१
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारका स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।
सहकारी छानबिन : २९ वटा सहकारीको प्रतिवेदनमाथि छलफल हुने
आइतबार, असार २, २०८१
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ ।