Mero Chitwan
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षति
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षति बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हवाई  चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
हवाई चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो
आफ्नै बाबुलाई  हतियार प्रहार गर्ने छोरा पक्राउ
आफ्नै बाबुलाई हतियार प्रहार गर्ने छोरा पक्राउ आफ्नै बाबुलाइ धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–३ भकिम्लिका बस्ने ४१ वर्षीय कविराम घर्तीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा २२ वर्षीय छोरा मिलन घर्तीलाइ प्रहरीले पक्राउ गरेको हो । 
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । 
बुटबलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी
बुटबलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।
मनसुन आइतबारसम्म देशभर फैलिने
मनसुन आइतबारसम्म देशभर फैलिने महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय...
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोेधेका प्रश्नको जवाफ दिँदै उनले टीकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको बताए । 
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल चितवनको भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल भएको छ । आज बिहान श्री एयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज परीक्षण उडान सफल भएको हो।
गृहमन्त्री लामिछानेले चितवनमा भने-जीबी राईलाई मलेसियाबाट छिट्टै नेपाल ल्याइनेछ
गृहमन्त्री लामिछानेले चितवनमा भने-जीबी राईलाई मलेसियाबाट छिट्टै नेपाल ल्याइनेछ चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिएका हुन् । 
सर्लाहीको बागमतीमा बस दुर्घटना, तीन जनाको मृत्यु
सर्लाहीको बागमतीमा बस दुर्घटना, तीन जनाको मृत्यु पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Weather Update