आजदेखि धरहरा सर्वसाधारणका लागि खुला, कति लाग्छ शुल्क ?
आइतबार, मंसिर ९, २०८१

सडकमा शव राखेर विरोध प्रदर्शन
शनिबार, मंसिर ८, २०८१
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् ।

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
शनिबार, मंसिर ८, २०८१
गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।
चितवनमा स्कूल बस दुर्घटना हुँदा २८ जना घाइते
शनिबार, मंसिर ८, २०८१
शनिबार अपरान्ह कालिका-९ स्थित उपरदाङ्गढीबाट पिकनिक खाएर फर्कँदै गर्दा कालिका-४ स्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसमा सवार ३२ जनामध्ये २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
शनिबार, मंसिर ८, २०८१
नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता निमोनियाबाट हुने मृत्यु दर घट्दै गएको छ।
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
शुक्रबार, मंसिर ७, २०८१
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते
शुक्रबार, मंसिर ७, २०८१
कर्णाली राजमार्गको दैलेख सडकखण्डअन्तर्गत आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राहदानीको विद्युतीय प्रणालीमा समस्या
शुक्रबार, मंसिर ७, २०८१
राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याउन नसकिएको जनाएको हो ।

रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु, पहिलो खेलमा कालिका विजयी
बिहीबार, मंसिर ६, २०८१
पूर्वी चितवनको रत्ननगरमा दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरे ।

चितवनमा धान उत्पादनमा ह्रास
बिहीबार, मंसिर ६, २०८१
चितवनमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

नारायणी नदीमा ६ हजार माछाका भुरा छाडियो
बिहीबार, मंसिर ६, २०८१
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा माछाका भुरा छाडिएको हो ।

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
बुधबार, मंसिर ५, २०८१
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बिपी क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा तीन वर्षपछि पुन: सुरु
बुधबार, मंसिर ५, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरु गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।