Mero Chitwan
‘रैथाने खाना प्रवर्द्धनले पर्यटक आकर्षित गर्न सकिने’
‘रैथाने खाना प्रवर्द्धनले पर्यटक आकर्षित गर्न सकिने’ रैथाने खानाको प्रवर्द्धन गर्नसके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सरोकारवालाले बताएका छन् । यहाँको भरतपुर महानगरपालिका–२७ मा आयोजित रैथाने खाना महोत्सवमा सहभागी र अवलोकनका लागि आएका दर्शकले यस्तो प्रतिक्रिया दिएका हुन् ।
गैँडाको आक्रमणबाट कुमरोजमा महिलाको मृत्यु
गैँडाको आक्रमणबाट कुमरोजमा महिलाको मृत्यु भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । 
कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन बिरामी
कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन बिरामी  कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।
सौराहामा हात्तीलाई खुवाइयो वनभोज
सौराहामा हात्तीलाई खुवाइयो वनभोज चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सव अन्तर्गत शनिबार हात्तीको वनभोज कार्यक्रम गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।
आइतबारदेखि मौसम सुधार हुने
आइतबारदेखि मौसम सुधार हुने शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबारदेखि सुधार हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो । 
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि... जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड' नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । 
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेको छ । 
सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । चितवनको सौराहामा सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन्। 
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबारदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। उक्त अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तुमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनुपर्नेमा जोड दिए । 
कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र
कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र आन्तरिक द्वन्द्वमा फसेको म्यानमारमा नजान र गएकाहरुलाई पनि सावधान रहन नेपाल सरकारले एडभाइजरी समेत जारी गरिसकेको अवस्थामा १४ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।
गौतमबुद्ध रङ्ग‌शालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु
गौतमबुद्ध रङ्ग‌शालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु मलेसियामा हुने यू-१९ महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
Weather Update