Mero Chitwan
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। उनका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका हुन् । पछाइ र जोशीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए । 
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे । 
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने, अख्तियारलाई थप अधिकार
भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने, अख्तियारलाई थप अधिकार राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने र अनुसन्धान प्रक्रियामा अख्तियारलाई थप अधिकार दिँदै भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवर्द्धनका लागि चितवन महोत्सव २०८१ आगामी पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।
'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार
'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन मन्त्री दाहालको निर्देशन
नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन मन्त्री दाहालको निर्देशन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएका छन् ।  निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन्। 
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने चितवनका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो ।
भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल
भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल  भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए । 
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैंडाको आक्रमणबाट सोही नगरको वडा नम्बर १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको हो ।
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा नेपाल कुखुरा व्यवसायी मञ्चले आज चितवनमा गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।
चिसोका कारण चितवनमा बढे बिरामी, सावधानी अपनाउन आग्रह
चिसोका कारण चितवनमा बढे बिरामी, सावधानी अपनाउन आग्रह चिसोका कारण यहाँका चितवनका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
Weather Update