Mero Chitwan
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो ।
१२७.३२ अंकले बढ्‌यो नेप्से परिसूचक
१२७.३२ अंकले बढ्‌यो नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ ।
झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु
झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाका कारण सात जना बिरामी परेका छन्
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो
भरतपुरमा कुलोमा डुबेर बालकको मृत्यु
भरतपुरमा कुलोमा डुबेर बालकको मृत्यु भरतपुर महानगरपालिका–२६ मा कुलोमा डुबेर आइतबार एक बालकको  मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।   
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चालना आयो 'पिपल्स लाइब्रेरी' 
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चालना आयो 'पिपल्स लाइब्रेरी'  प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ
म्याद गुज्रेको र मिसावट गरेको सामान बिक्री गर्ने चितवनका ५ व्यवसायीविरुद्ध मुद्दा दर्ता
म्याद गुज्रेको र मिसावट गरेको सामान बिक्री गर्ने चितवनका ५ व्यवसायीविरुद्ध मुद्दा दर्ता कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ ।
घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध
घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध  इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए।  यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए। 
भरतपुर अस्पतालमा ओपीडी टिकट लिन टोकन प्रणाली सुरु
भरतपुर अस्पतालमा ओपीडी टिकट लिन टोकन प्रणाली सुरु बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न चितवनको भरतपुर अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।
डिजेल-पेट्रोलको मूल्य घट्यो
डिजेल-पेट्रोलको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।
Weather Update