२३ खर्ब १६ अर्ब ८४ करोड पुग्यो विदेशी मुद्रा सञ्चिति, अहिलेसम्मकै धेरै
आइतबार, माघ २०, २०८१

चितवन राष्ट्रिय निकुञ्जद्वारा आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू
शनिबार, माघ १९, २०८१
चितवन राष्ट्रिय निकुञ्जले आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण सुरु गरिएको हो ।

राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईजलाई
शनिबार, माघ १९, २०८१
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा प्याराडाईजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औं मिनेटमा निर्णायक गोल गरे ।

क्यानले मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने
शनिबार, माघ १९, २०८१
क्यानले एक विज्ञप्ति जारी गर्दै मोन्टी देशाईको २ वर्षिय कार्यकाल समाप्त भएको जानकारी दिएको हो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि दिएको योगदान प्रति क्यानले देशाईलाई धन्यवाद प्रकट गरेको छ ।

कुम्भ मेलाबाट फर्किँदै गरेको जिप भारतको मुजफ्फरपुरमा दुर्घटना, पाँच नेपालीको मृत्यु
शनिबार, माघ १९, २०८१
तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जिप विपरीत दिशाबाट आउँदै गरेको मोटसाईकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।
संसद्मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्बाट पारित नभए विकल्प खोज्ने चेतावनी
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले साझा धारणा बनाएर संविधान संशोधन प्रस्ताव गरिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर स्थीर सरकार गठन भएकाले सबै क्षेत्रमा सरकारले गति लिएको दाबी गर्दै ९० दिनभित्र संसद्बाट अध्यादेश पारित नभए सरकारले विकल्प खोज्ने चेतावनीसमेत दिएका छन् ।

नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
शुक्रबार, माघ १८, २०८१
पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुरले उपाधिसहित पाँच लाख पुरस्कार जितेको हो ।

एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि
शुक्रबार, माघ १८, २०८१
आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नेछन् ।

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
शुक्रबार, माघ १८, २०८१
नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।

महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित
बिहीबार, माघ १७, २०८१
महिला टी–२० आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण
बिहीबार, माघ १७, २०८१
वडा नं–२, टाँडीको कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रम आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो । कामना र अविरल एकीकरण भई “कामना अविरल बचत तथा ऋण सहकारी संस्था” नामकरण गरिएको छ । सहकारी संस्था एकीकरणका...

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
बुधबार, माघ १६, २०८१
त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उपाध्यक्षहरूमा सन्दिप पुन, ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल, अटल आचार्य र मदन ढकाल, विराज थापा, दीपा जैसी र अभिमन्यू यादव निर्वाचित भएका छन् ।

इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित
बुधबार, माघ १६, २०८१
हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई बुधवार सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।