Mero Chitwan
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे । 
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु 
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु   धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । 
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या झापाको गौरादह नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको छ । गौरादह नगरपालिका ७ का १७ वर्षीय धिरज विश्वकर्माले आफ्नै साथीहरुको सहयोगमा ८५ वर्षीय हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ
एन्फालाई कारबाही गर्न निर्देशन
एन्फालाई कारबाही गर्न निर्देशन युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ
९ वर्षीय बालकको अस्पतालमा  मृत्युपछि  आफन्तहरु आन्दोलित
९ वर्षीय बालकको अस्पतालमा मृत्युपछि आफन्तहरु आन्दोलित दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् । 
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले दाहाललाई विश्वासको मत दिएका हुन् ।
फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित
फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो
सरकारलाई कांग्रेसको चेतावनी : आगामी दिनमा संसद् सहजै चल्छ भन्ने नसोचे हुन्छ
सरकारलाई कांग्रेसको चेतावनी : आगामी दिनमा संसद् सहजै चल्छ भन्ने नसोचे हुन्छ प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तत्कालीन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराएकी छन्
सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ : केपी ओली
सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ : केपी ओली देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए। अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरे
Weather Update