भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै
बुधबार, फागुन २१, २०८१

आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति
मंगलबार, फागुन २०, २०८१
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट तथा एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच आज भएको वार्तामा सहमति भएको हो ।

थापाथलीमा फेरि फुट्यो मेलम्ची पाइप
मंगलबार, फागुन २०, २०८१
आज बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो परेको हो । पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।

नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो
मंगलबार, फागुन २०, २०८१
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको नेपाल पंक्षीविद् संघले विज्ञप्तिमार्फत् जनाएको हो ।

पूर्वयुवराज पारसलाई हृदयघात, के छ स्वास्थ्य अवस्था ?
सोमबार, फागुन १९, २०८१
चौथो पटक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

प्रकृतिका बुबाआमालाई परराष्ट्र र गृहमन्त्रीले भेटे, न्याय दिलाउने प्रतिबद्धता
सोमबार, फागुन १९, २०८१
मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताएकी हुन् ।

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
सोमबार, फागुन १९, २०८१
मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै ह्याट्रिक उपाधि जितेको हो ।

युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा
आइतबार, फागुन १८, २०८१
मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।
![यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]](https://www.merochitwan.com/uploads/posts/400X300/emale-1740932142.jpg)
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]
आइतबार, फागुन १८, २०८१
नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अंकुरमका विद्यार्थीमाझ सन्दीपले भने-जीवनमा आउने नकारात्मकतालाई पछाडि छाडेर हिड्न जरुरी छ
आइतबार, फागुन १८, २०८१
लामिछानेले कक्षा ११ र १२ का विद्यार्थीसँग करिब ४५ मिनेट अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै यो स्थानसम्म आइपुगेको बताए । उनले प्रारम्भिक चरणमा चितवनका टोलटोलमा खेल्ने क्रममा कुनै टोलमा विजयी भएको र कतैकतै हारको सामना पनि गरेको तर आफू सधैँ...
लाल मोहम्मद हत्याका आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
आइतबार, फागुन १८, २०८१
पटेल दुई वर्षअघि काठमाडौंको गोठाटारमा लाल मोहम्मद हत्याका एक आरोपी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भारतबाट नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको पिछा गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला पुनः अयोग्य
शनिबार, फागुन १७, २०८१
एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरण अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसिया सारिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुनः अयोग्य ठहर हुँदा नेपालले अर्को अन्तर्राष्ट्रिय ‘होम गेम’ देश बाहिर खेल्नुपर्ने भएको हो ।