माओवादीले तोक्यो प्रदेश इन्चार्ज
बुधबार, फागुन १६, २०८०

आन्दोलनकारी संसद् प्रवेश : ३२ प्रहरी कारबाहीमा, अनुसन्धान समिति गठन
सोमबार, फागुन १४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

कांग्रेस महासमिति बैठक : आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै चुनाव लड्ने भएको छ । आज सकिएको महासमिति बैठकले आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको हो ।

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो, के छन् प्रस्तावमा ?
बिहीबार, फागुन १०, २०८०
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सकिएको छ । यही फागुन ८ गतेदेखि चलेको बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह...

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आजै समापन हुने भएको छ ।
कांग्रेस महासमिति बैठक : आज सबै प्रतिवेदनमाथि समूहगत छलफल
बुधबार, फागुन ९, २०८०
नेपाली कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै छ । ललितपुरमा जारी महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।

नेपाली कांग्रेसको आम्दानी कति ? कति घाटामा छ पार्टी ?
बुधबार, फागुन ९, २०८०
२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस अधिकांश समय सत्तामा छ । पार्टी सत्तामा भएपछि स्वभावतः यसका नेताहरुका प्रधानमन्त्री, मन्त्रीदेखि लाभका पदमा हुने नै भए । अनि, नेताहरुको आर्थिक हैसियत निरन्तर बढिरहेको छ। यसअर्थमा नेतालाई फाइदा नै छ ।

गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली
मंगलबार, फागुन ८, २०८०
उनले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताएका हुन्। उनले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गरे।

एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
मंगलबार, फागुन ८, २०८०
उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’

गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्