कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
बिहीबार, फागुन २४, २०८०

के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ?
बुधबार, फागुन २३, २०८०
नवनियुक्त मन्त्रीहरुले बुधबारै आ–आफ्ना मन्त्रालयमा गएर पद सम्हालेका छन् । उनीहरुले पदभार ग्रहण गर्नेक्रममा विभिन्न निर्णय गरेका छन् । के हुन् त ती निर्णय ?

नवनियुक्त १६ मन्त्रीले लिए शपथ
बुधबार, फागुन २३, २०८०
नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्

नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे
बुधबार, फागुन २३, २०८०
पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु
बुधबार, फागुन २३, २०८०
एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ

कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
मंगलबार, फागुन २२, २०८०
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।
![सत्ता गठबन्धनबीच ८ बुँदे सहमति [पूर्ण विवरणसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/Messenger_creation_c7316c3e-4cb8-4868-8139-b28d9b65da88-1709566381.jpeg)
सत्ता गठबन्धनबीच ८ बुँदे सहमति [पूर्ण विवरणसहित]
सोमबार, फागुन २१, २०८०
सत्ता गठबन्धन चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । आज साँझ बालुवाटारमा भएको वार्तामा नयाँ गठबन्धन दलमा सामेल नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सहमति भएको हो ।
एमाले नेताको दाबी : आजै नयाँ मन्त्रिपरिषद् घोषणा
सोमबार, फागुन २१, २०८०
एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् घोषणा हुने जनाएका छन् । जसअनुसार आज सानो आकारको मन्त्रिपरिषद्ले सपथ लिनेछ ।

राजनीतिमा नयाँ ट्वीस्ट : एमाले, जसपा र स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने, कांग्रेस आउट !
सोमबार, फागुन २१, २०८०
नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्कने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो राति भएको छलफल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन बनाउने सहमति भएको हो ।

राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज
सोमबार, फागुन २१, २०८०
राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदैछन् । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले शपथ लिन लागेका हुन् ।