गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः दीपक मनाङे
शनिबार, वैशाख ८, २०८१

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
शनिबार, वैशाख ८, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ ।

गण्डकी प्रदेशसभाको बैठकमा कांग्रेस सहभागी नहुने
शुक्रबार, वैशाख ७, २०८१
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बिहीबार, वैशाख ६, २०८१
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई प्रदेशप्रमुख नजिर मियाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
विपक्षीविनाको प्रदेश सभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मंगलबार, वैशाख ४, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । जसमा प्रस्तावको पक्षमा ६१ मत परेको छ ।

मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच चर्काचर्की
मंगलबार, वैशाख ४, २०८१
सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए

कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव
सोमबार, वैशाख ३, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्। एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्

२३ दिनमा ८१ घण्टा बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनले के-के गर्यो ? (पूर्णपाठ)
आइतबार, वैशाख २, २०८१

विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै
आइतबार, वैशाख २, २०८१
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला सरकारले गत शुक्रबार अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको थियो ।

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।

सरकारको निर्णय : सुन्तलालाई राष्ट्रिय फल घोषणा, संसद् बैठक २ वैशाखदेखि अन्त्य
शुक्रबार, चैत ३०, २०८०
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।