Mero Chitwan
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । तर हिक्मत कार्कीको नियुक्तिविरुद्ध आजै निवर्तमान मुख्यमन्त्री केदार कार्की अदालत पुगेका छन् । 
एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस
एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन् ।
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति सूचना प्रकाशित गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको जनाएका हुन् । 
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । 
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख यही वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका  सबै काम पूरा गरेको छ । 
किन टुक्रिन्छन् मधेसकेन्द्रित दल ?
किन टुक्रिन्छन् मधेसकेन्द्रित दल ? २०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतले नेपाल सद्भावना परिषद् गठन गरेका थिए । यही परिषद्लाई मधेशकेन्द्रित दलको जग मानिन्छ । त्यसको चार दशक बित्दा मधेशकेन्द्रित दल कति छन्, कति टुक्रा भए, सम्भवतः मधेशकेन्द्रित दलकै नेताहरुलाई थाहा छैन ।
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । 
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन पटक-पटक फुट बेहोर्दै आएको सत्तारुढ जनता समाजवादी पार्टी पुनः फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको आरोप लगाउँदै अशोक राई नेतृत्वमा पार्टी विभाजन भएको हो ।
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नु भएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेश उदृत गर्दै ३० मतमै विश्वासको मत प्राप्त भएको घोषणा गर्नु भएको हो
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
Weather Update