Mero Chitwan
सरकारले फेरि गर्‍यो २६७४ जनालाई सहिद घोषणा [सूचीसहित]

काठमाडौं-सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो ।

लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले उनीहरुलाई सहिदको सूचीमा समावेश गरेको हो । गत पुस २४ गतेको निर्णय भन्दै फागुन २४ मा थप गरिएका सहिदको सूची राजपत्रमा प्रकाशन गरिएको छ ।

थपिएका सहिदमध्ये थपिएकामध्ये सबैभन्दा बढी रोल्पाका छन् । रोल्पामा मात्रै ३ सय ६९ जना सहिद थपिएका छन् । त्यस्तै कालिकोटका १७१, काभ्रेका १६८, जाजरकोटका १६५, बर्दियाका १३३, बाँकेका १०१, दाङका १००, कैलाली ९० रुकुम पूर्वका ७०, पाँचथरका ७०, रुकुमपश्चिमका ६९ र धादिङका ५५ जना सहिद थपिएका छन् ।

उनीहरुमध्ये अधिकांशले २०५८ साल यता सहादत प्राप्त गरेको सरकारको भनाइ छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update