कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।
आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको छ ।
गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेको र गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेको अवस्थामा दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गरेको नेता लेखकको भनाइ छ ।
प्रमुख सचेतक लेखकले कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा देखिने बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्