नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।
जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १६:५५
प्रतिक्रिया दिनुहोस्