आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु

काठमाडौं : एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ ।
एमालेबाट मन्त्री हुनेहरुमा रघुवीर महासेठ राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, ज्वालाकुमारी साह, हरि उप्रेती र बलराम अधिकारी छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रेखा शर्मा, हितबहादुर तामाड र रेखा शर्मा मन्त्री बन्दैछन् । स्वतन्त्र पार्टीबाट रवि लामिछाने, डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ छन् ।
यीमध्ये डीपी अर्याल, पदम गिरी र हितबहादुर तामाडले हिजै सपथ लिएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्