Mero Chitwan
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो

चितवन : धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको संख्या ७ पुगेको छ।

कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसीबाट आज विहान त्रिशूली नदीमा खसेको थियो  । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।  मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update