सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका तीन मन्त्रीहरू
कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एकजना राज्मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले आज उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री गीता देवीलाई बर्खास्त गरेका हुन् ।
केन्द्रमा कांग्रेशसँगको गठबन्धन ताडेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मन्त्री बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १५:४९
प्रतिक्रिया दिनुहोस्