Mero Chitwan
पशुपति क्षेत्रमा  भोलिदेखि २७ गतेसम्मका लागि मासु र मदिरा प्रयोग गर्न निषेध

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पशुपती क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाइएको जानकारी दिएका छन्।

प्रशासनको सूचनालाई बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रजिअ बस्नेतका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु तथा मदिराको बिक्री तथा सेवनमा रोक लगाइएको हो।
430311029_1070113394282869_5735912278672447364_n-898x1024-1709631649.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update