काठमाडौं : नेदरल्यान्ड्स त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजको च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।
टीयू क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सलेले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका माइकल लेभिटले अर्धसतक बनाए । २९ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गर्दै ५४ रन बनाएका थिए । यस्तै, साइब्रान्ड एङ्गलब्रेख्तले ४८, म्याक्स ओ डाउडले २२, टिम भान डर गग्टेनले २१ र विक्रमजीत सिंहले २९ रन बनाए । बलिङ तर्फ नेपालका कुशल मल्लले ४ विकेट लिए ।
त्यसअघि नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । यस्तै, गुल्शन झाले ३४ रन, कुशल मल्लले २६ रन कुशल भूर्तेलले २० रन बनाए ।
यस्तै, कप्तान रोहित पौडेलले २५ रन जोडे भने अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । नेदरल्यान्ड्सका लागि माइकाल लेभिट, टिम भानडर गग्टेन र साइब्रान्ड एङ्गलब्रेख्तल र फ्रेड क्ल्यासनले समान २–२ विकेट लिए ।