मोरङमा १५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
मोरङ्ग : मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलमा एक बालिकाको विभत्स हत्या भएको छ ।
खोटाङको एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ की १५ वर्षीया ज्ञानुमती राईको राती १० बजेतिर अज्ञात समूहले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो।
दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्की पनि पुगेका छन्।
तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १२:२०
प्रतिक्रिया दिनुहोस्