Mero Chitwan
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका दुई मन्त्रीहरू

पोखरा  : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । 

उनले सामाजिक विकास मन्त्री सुशीला सि‌ंखडा र भौतिक यातायात मन्त्री रेशम बहादुर जुग्जाली मगरलाई बर्खास्त गरेका हुन् । वैशाख १५ गते सिंखडा र २९ गते जुग्जलीलाई नियुक्त गिरएको हो ।

केन्द्रमा सत्तासमीकरण फेरबदल भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update