Mero Chitwan
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ — उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update