भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको घटनास्थलमै मृत्यु
चितवन : भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलका छोरा आरुष पौडेल छन् ।
सोमबार साँझ ७ः४५ बजे भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईको बायाँ हातमा भित्रि चोट लागेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० २३:४७
प्रतिक्रिया दिनुहोस्