आजै नयाँ तीन विनाविभागीय मन्त्रीले शपथ लिने
काठमाडौँ : सत्ता समीकरण बदलिएसँगै तीन मन्त्रीले आजै शपथ लिने भएका छन् । माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले कुन मन्त्रालय पाउने भन्ने अहिले टुंगो नलागेकाले विनाविभागी मन्त्री बनाउन लागेका हुन् ।
गृहमन्त्रीमा सहमति नभएपछि रास्वपाका सभापति रवि लामिछाने भने सरकारमा तत्काल सहभागी नहुने भएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १५:२४
प्रतिक्रिया दिनुहोस्