ओलीमाथि धनकुटामा हातपात

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि आज धनकुटामा हातपात भएको छ ।
नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात गरेको देखिएको छ ।
ओलीमाथि आक्रमण गर्ने युवा धनकुटा उपमहानगरपालिका ५ का महेश राई रहेको जनाइएको छ । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले ओली नजिक आएपछि हिर्काएका हुन् । त्यसपछि एमाले कार्यकर्ताहरुले राईलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
प्रहरीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १७:१९
प्रतिक्रिया दिनुहोस्