Mero Chitwan
प्रि-मनसुनको पहिलो वर्षा देशभर, सोमबारदेखि क्रमिक सुधार हुने

 काठमाडौँ- काठमाडौँसहित देशभर आज प्रि-मनसुनको पहिलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर बदली रहनाका साथै विभिन्न स्थानमा वर्षा भएको हो ।

आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ ।  प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने  गर्छ । मार्च, अप्रिल र मे महिनालाई प्रि-मनसुन महिना मानिन्छ । नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ । अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update