Mero Chitwan
चितवनका दुई हजार पाँच सय किसान सूचीकृत, आगामी वर्ष कार्ड वितरण गरिने

चितवन-राष्ट्रिय किसान आयोगमा चितवनका दुई हजार पाँच सय ४२ किसान आयोगमा सूचीकृत भएका छन् । 

आयोगका अनुसार सूचीकृतका लागि कूल सात हजार एक सय २८ निवेदन परेका थिए । जसमध्ये हाल चार हजार एक सय ३८ वटा फाइल हेर्ने काम भइरहेको  र चार सय ५६ किसानका कागजपत्र अपुग हुँदा दर्ता नभएको आयोगले जनाएको छ । 

आयोगका अनुसार मुलुकभर १५ लाख चार हजार पाँच सय ६४ किसानले आयोगमा सूचीकृतका लागि निवेदन दिएका छन् । जसमध्ये कोशी प्रदेशका तीन लाख २५ हजार ३६, मधेस प्रदेशमा दुई लाख ४५ हजार पाँच सय ७८ किसान सूचीकृत भएका छन् । 

बागमती प्रदेशमा दुई लाख ३५ हजार नौ सय ६५, गण्डकी प्रदेशमा एक लाख ५२ हजार पाँच सय ५१, लुम्बिनीमा दुई लाख ४५ हजार नौ सय ६४, कर्णाली प्रदेशमा एक लाख ५६ हजार चार सय ४३ र सुदूरपश्चिम प्रदेशमा एक लाख ४३ हजार २७ किसान सूचीकृत भइसकेका छन् । त्यसमध्ये १६ हजार तीन सय ४१ जना प्राविधिक कारणले सूचीकरणमा पर्न सकेनन् भने चार लाख १३ हजार आठ सय ५३ जनाको हालसम्म सूचीकरणको काम सम्पन्न भएको छ । 
 
चालु आर्थिक वर्षमा २० लाख किसानको सूचीकरण गर्ने लक्ष्य लिइएको आयोगले जनाएको छ । आगामी आवमा सबै किसानको सूचीकरण गरेर कार्ड वितरणको काम सुरु गरिने छ । आयोगले किसानको वर्गीकरण गरी परिचयपत्र बितरण गरेसँगै सरकारबाट पाउने सेवा सुविधा सहज हुने जनाइएको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update