
काठमाडौं । भारतको भारतीय जनता पार्टी - भाजपाले लोकसभा चुनावका लागि १ सय ९५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भाजपाले पहिलो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री मोदी वाराणसीबाट उठ्नेछन् भने गृहमन्त्री अमित शाह गान्धीनगरबाट, शिवराज सिंह चौहान विदिशाबाट, सर्वानन्द सोनोवाल डिब्रुगढबाट र अर्जुनराम मेघवाल बिकानेरबाट चुनाव लड्नेछन् ।
यस्तै, गजेन्द्रसिंह शेखावत जोधपुर, किरन रिजिजू अरुणाचल पश्चिम र हेमा मालिनी मथुरा, गोरखपुरबाट रवि किशन र उत्तरपूर्वी दिल्लीबाट मनोज तिवारीलाई टिकट दिइएको छ। भाजपाले १६ राज्य र २ केन्द्रशासित प्रदेशमध्ये १ सय ९५ सिटमा टिकट बाँडफाँट गरेको हो ।
यो सूचीमा लोकसभा अध्यक्ष, २ पूर्वमन्त्री, ३४ केन्द्रीय मन्त्री र राज्यमन्त्रीको नाम सामेल छ ।
29 फरवरी, 2024 को प्रधानमंत्री श्री @narendramodi की गरिमामयी उपस्थिति और श्री @JPNadda की अध्यक्षता में आयोजित केंद्रीय चुनाव समिति की बैठक में आगामी लोकसभा चुनाव हेतु 195 लोकसभा सीटों के लिए बीजेपी उम्मीदवार के नामों पर मंजूरी दी गई। (1/4) pic.twitter.com/Wv8yVYnegK
— BJP (@BJP4India) March 2, 2024