Mero Chitwan
शालिन मृत्युको घटनाबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत अवस्थामा फेला परेकी शालीन पोखरेलको मृत्युको घटनाबारे गहन छानबिन गर्ने आश्वासन दिएका छन् ।

आज उनले आफ्नो फेसबुक पेजमा धारणा सार्वजनिक गर्दै उक्त घटनाले आफूलाई गम्भीर र दुखी तुल्याएको बताएका छन् । 

प्रधानमन्त्री दाहालले शालिनको मृत्युको घटनाबारे गम्भीर छानबिन गरी सत्य तथ्य पत्ता लगाउन आफूले गृह मन्त्रालयलाई निर्देशन दिइसकेको पनि जनाएका छन् । ‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,’ उनले भनेका छन्, ‘यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update