लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह
चितवन-लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर ९ का सन्तोष शाह चयन भएका छन् । बिहीबार सम्पन्न १६ औं साधारणसभाबाट बर्ष २०२४/२५ का लागि शाहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितिय उपाध्यक्षमा रोशन ओझा ,सचिवमा सदिक्षा अधिकारी, सहसचिवमा कृपा तिमिल्सिना, कोषाध्यक्षमा आयुस अधिकारी, सह-कोषाध्यक्षमा रिभा पौडेल छन् भने सदस्यहरुमा रुपेश छेत्री,सन्दर्भ खनाल,प्रवेश खनाल र अजय सुवेदी छन् ।
क्लबले लामो समयदेखि सामाजिक सेवा एव युवाहरुको नेतृत्व र ब्याक्तित्व बिकासमा भूमिका निर्वाह गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० ०८:३१
प्रतिक्रिया दिनुहोस्