चितवन - चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।
मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका व्यक्त गरेपछि उनको शव काठमाडौँको टिचिङ अस्पतालमा पठाइएको हो।
अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ।
गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।
उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा राखिएको छ।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बालिकाका परिवारले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी बलात्कार पछि हत्या भएको आरोप लगाएका थिए ।