Mero Chitwan
संसद्‌मा उठेका विषयमा २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले यही फागुन२१ गते बस्ने प्रतिनिधिसभाको बैठकमा  सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

विवादित मन्त्रीका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै विपक्षी दलका सांसदले विरोध गरेपछि सभामुखले रुलिङ  गरेका हुन् ।

विवादित मन्त्रीको राजीनामा, वित्तीय क्षेत्रमा देखिएको समस्याका विषयमा सरकारलाई जवाफ दिन सभामुखले रुलिङ गरेपछि विपक्षी दलहरूले संसद् बैठक अघि बढाउन तयार भएका हुन् ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले विवादित मन्त्रीले राजीनामा नगरेसम्म आफ्नो आन्दोलन जारी रहने बताए । उनीहरूले प्रधानमन्त्री खै भन्दै प्रश्न गरेका थिए । 

 त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पनि वित्तीय समस्या लिएर राजधानी आएकाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।  

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update