Mero Chitwan
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन

चितवन–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–प्याब्सन चितवनले एकता शिशु निकेतन विद्यालयमा बालिका मृत्यु प्रकरणमा सीसीटीभी फुटेज र मृतक विद्यार्थीको सुसाइड नोटले घटनामा शिक्षकको संलग्नता नदेखिएको दाबी गरेको छ ।

प्याब्सनले विज्ञप्ति जारी गर्दै बालिका छात्राबासमा बसी अध्ययन गरेको पृष्ठभूमि, सीसीटीभी फुटेज र मृतकको सुसाइड नोटले शिक्षकको संलग्नता नदेखिएको सन्दर्भमा सम्पूर्ण दोषारोपण विद्यालयमाथि थोपर्ने र अझ प्राचार्य, सहायक प्राचार्य र होस्टल इन्चार्जमाथि किटानी जाहेरी भएको र सञ्चारमाध्यमले समेत सबुतविना समाचार सम्प्रेषण गरिएको भन्दै दुःख व्यक्त गरेको छ । 

प्याब्सन अध्यक्षद्वारा जारी विज्ञप्तिमा यो घटनाको छिटोभन्दा छिटो सत्यतथ्य पहिचान गर्न सबै पक्षस“ग माग गर्दै अनुसन्धानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । 

शैक्षिक सत्रको अन्तिम समयमा भएको घटनाबाट विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको र विद्यार्थीहरु परीक्षालगायतका शैक्षिक गतिविधिबाट समेत वन्चित हुनुपरेको प्याब्सनले उल्लेख गरेको छ ।

pabson-1709221628.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update