Mero Chitwan
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार

काठमाडौं : टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्रले ३४ बल खेल्दा ६ चौका र ३ छक्का प्रहार गरेपछि नेपालले विजयको नजिक पुगेको थियो । दीपेन्द्र र करण केसीले सातौं विकेटमा ५५ रनको साझेदारी गरेका थिए । नेपाललाई अन्तिम ओभरमा विजयका लागि १५ रन आवश्यक रहेको समयमा दीपेन्द्रले पहिलो दुइ बलमा १० रन बनाएका थिए ।
त्यसपछि तेस्रो बलमा दुई रन लिने प्रयासमा करण नन स्ट्राइक एन्डमा रन आउट भए । करणले ७ बलमा ११ रन बनाए । त्यसपछिको बलमा रोइल्फ भान डेर मर्वीले दीपेन्द्रलाई बोल्ड गरे । प्रतिश जिसीले पाँचौं बलमा कुनै रन बनाउन सकेनन् भने छैटौं बलमा लेग बाईमा १ रनमात्र आएपछि नेपाल पराजय भोग्न बाध्य भयो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update