कर्जा अनियमितता प्रकरणमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित १० पक्राउ
काठमाडौँ — सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन् ।
सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १३:०९
प्रतिक्रिया दिनुहोस्